काठमाडौँ - कोभिडबिरुद्धको ‘भेरोसेल’ खोप दुई दिनमा ८ हजार ५४ जनाले लगाएका छन् ।
१८ देखि ५९ बर्ष उमेर समूहमा रही खोप लगाउने प्राथमिकतामा परेकामध्ये ८ हजार ५४ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।
चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज खोप गत बुधबारबाट लगाउन सुरु गरिएको हो । सो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमामा लगाउन शुरु गरिएको छ ।
बुधबारबाट सुरु भएको भेरोसेलको पहिलो डोज खोप अभियान करीव एक साता सञ्चालन हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।