काठमाडौँ । चिकित्सा शिक्षा आयोगले विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा कात्तिक १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने भएको छ। आयोगको तालिकाअनुसार पाँच दिनसम्म फरक–फरक कार्यक्रमका परीक्षा हुनेछन्।
पहिलो दिन कात्तिक १४ गते एमबीबीएस र १५ गते बीडीएसको परीक्षा हुनेछ। कात्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी र बी परफ्युजन टेक्नोलोजीको परीक्षा सञ्चालन हुनेछ।
त्यस्तै, कात्तिक १७ गते बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बीफार्मेसी, अप्टोमेट्री र बीपीटीको परीक्षा हुनेछ। अन्तिम दिन कात्तिक १८ गते बीपीएचको प्रवेश परीक्षा सञ्चालन हुनेछ। आयोगले सबै कार्यक्रमको परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने समय निर्धारण गरेको छ। परीक्षार्थीले आफ्नो कार्यक्रमअनुसार परीक्षा मिति र समय यकिन गरी आवश्यक तयारी गर्नुपर्नेछ।