दाङ । सरकारी सर्भरमा प्राविधिक समस्या आएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ।
प्रतिष्ठानका सह-निर्देशक डा. निरोज खनालद्वारा जारी सूचनाअनुसार सरकारी प्रणालीमा साइबर सुरक्षा अपडेटका क्रममा आएको अवरोधले स्वास्थ्य बीमा बोर्डको सेवा प्रभावित भएको हो।
सरकारी सर्भर तथा प्रणाली पुनः सञ्चालनमा आएलगत्तै स्वास्थ्य बीमा सेवा पनि सुरु गरिने प्रतिष्ठानले जनाएको छ।
