काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बिमा ऐन तथा नियमावलीको व्यवस्थाबमोजिम कर्मचारीलाई बिमामा आबद्ध गराउन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहका साथै सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य सङ्घीय निकायमा कार्यरत कर्मचारीलाई बिमाको दायरामा ल्याउन आवश्यक पहल गर्न अनुरोध गरिएको छ।
सरकारी कर्मचारीको स्वास्थ्य बिमामा आबद्धता विस्तार गरी कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ।