दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा सेवाको उद्घाटन गरेकी हुन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै मुटुरोगको परीक्षण तथा उपचार सहज हुने अपेक्षा गरिएको छ। यसबाट दाङसहित आसपासका जिल्लाका बिरामीलाई मुटुको उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि मन्त्रालयले आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएकी छन्।