पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडिको गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ । साइनसमा पातलो झिल्ल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ । बदिलिँदो मौसमका बेला पिनास हुने सम्भावना अधिक रहन्छ ।
पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ । नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डठी बांगो हुँदा सिगान वा फोहोर पदार्थ जमेर बस्छ जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।
पिनासका लक्षण
पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्ने जस्तो लक्षण देखिन्छ । पिनास भएमा बच्चामा पटक पटक रुघाखोकी लाग्ने र ज्वारो आउने हुन्छ । यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । विस्तारै संक्रमण फैलँदै आँखामा पुगेर पिप जम्ने तथा अन्य जटिल समस्या देखा पर्न सक्छन् ।
उपचार
रुघाखोकी लागिरहेमा पनिास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोखिनुपर्छ । ‘भिटामिन सी’युक्त खानेकुरा र प्रशस्त पानी पिउने गरेमा पिनासबाट बच्न सकिन्छ ।
धुवाँ–धुलोबाट जोगनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।
सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।
पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ ।
के खाने रु के नखाने ?
यस उपचारका लागि एलर्जी जाँच गर्ने सकिन्छ र के कारणल एलर्जीे बढिरहेछ त्यो पत्ता लगाई ति कुरा बाट टाढा बस्ने । यदि एलर्जी रियाक्सन छैन भने खानामा कुनै किसिमको रोक्टोक हुदैन । तर पनि सके सम्म निम्न कुरा नखादा राम्रो हुन्छ ।
- तारेको खाना,
- संरक्षित खाद्यान्न,
- कोल्ड ड्रिङ्क,
- स्टार्चयुक्त खाना,
- आफुलाई असहज हुने खाने कुरा,
रोकथाम र बच्ने उपाय
पिनास मौसमी कारणले बढी हुने भएकाले यो समयमा न्यानो भएर बस्ने, चिसो खानेकुरा सकेसम्म नखाने, एलर्जीको कारण पता लगाई त्यसबाट जोगिने रुघा लामो समयसम्म निको भएन भने चिकित्सकको परामर्श लिन सकिन्छ । पिनास प्राय एलर्जीका कारण हुने गर्छ । त्यसैले पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ ।
- ढुसी भएको खाने कुरा नखाने ।
- माक्सको प्रयोग गर्ने ।
- धुवा धुलोबाट बच्ने ।
- धुम्रपान नगर्ने ।
- रुघाखोकी लागेका व्यक्तिहरूबाट टाढा बस्ने ।
- मौसमी संक्रमणबाट बच्ने ।
- नाक, कान घाटीको संक्रमण भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गर्ने ।
- नाकको सफाईमा विशेष ध्यान दिने ।
नाक, कान घाटि सम्बन्धि कुनै पनि समस्या देखा परे तुरुन्त चिकित्सकको परामर्श लिने