काठमाडौं- नेपालगञ्ज स्थित भेरी अस्पतालमा कोरोना संक्रमणबाट २० बर्षिय स्टाफको मृत्यु भएको छ ।
भेरी अस्पतालका अनुसार दाङ तुल्सिपुर वडा नम्बर ६ निवासी २० बर्षिय स्टाफ को सोमबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई भेरी अस्पतालमा उपचाररत उनको सोमबार विहान १० बजे मुत्यु भएको अस्पतालले जनाउको छ ।
उनि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिईन ।