काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ३२९ र एन्टिजेन विधिबाट २ हजार १४० जनामा परिक्षण गर्दा २५५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार ३६६ र एन्टिजेनबाट ९५ हजार ४९८ जना पुगेको छ ।
यस्तै, आज थप २५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ९०९ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।