छेटु शेर्पा
गोरखापत्र अनलाइन बाट
काठमाडौं, बैशाख १० गते । सगरमाथा आधारशिविर (पाँच ३६५ मिटर) मा कोरोना भाइरस(कोभिड १९) को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदललाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका अनुसार एक साता क्वारेन्टाइनमा राखिएको जनाएको हो ।
विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्र डोरी बाँधेर सिल गरेका छन् ।
स्वास्थ्य शिविरका प्रमुख लाक्पा शेर्पाका अनुसार थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र शिल गरेको र त्यहाका आरोहणदलका सदस्यलाई हिडडुलमा गर्न नदिएको जानकारी दिनुभयो ।
एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको थियो, सोही अनुसार आधारशिविरमा थप कडाइ गरेको छ ।
तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितीसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको शेर्पाको भनाई छ । यस वर्ष सगरमाथाका लागि ३७७, ल्होत्सेका लागि १०४, नुप्सेका लागि २३ र पुमोरीका लागि ५ जना गरी ५०९ जना आरोहीले आरोहण अनुमती लिएका छन् । सगरमाथा आधारशिविरमा यि चारवटै हिमाल आरोहण गर्ने आरोही, कामदार, सगरमाथा सफाइ गर्ने कामदार लगायत १५ सय जना बढी आधारशिविरमा रहेका छन् ।


