काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० जनालाई मास्क वितरण गरेको छ । प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई मास्क वितरण गरेको जनाएको छ ।
कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित गत वैशाखदेखि अभियान सञ्चालन गरेको थियो।
वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ । मास्क वितरण अभियानबाहेक प्रहरीले देशभर माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको सचेतनामूलक कार्यक्रमसमेत गरिरहेको छ ।