वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो।
माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो । त्यसपछि उनको एक पटक पनि होस नआएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।