काठमाडौं। पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालभर ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन्।