काठमाडौं ।काठमाडौंको चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलले सिन्धुपाल्चोकमा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ओम समाज डेन्टल हस्पिटल र आत्मनिर्भर केन्द्र चाबहिलको सहकार्यमा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।
जाल्पादेबी माध्यमिक बिद्यालय जैसी गाउँ तथा भोटे चौर बजारमा रहेको स्वास्थ चौकी प्राङ्गणमा सञ्चालन भएको शिविरमा ५२९ जना बिरामीको निःशुल्क दन्त परीक्षण गरिएको थियो।
शिविरमा ७४ जनाको दाँत सफा , २५ जनाको फिलिंग(दाँत भर्ने) ११५ जनाको दाँत निकालिएको ओम समाज डेन्टल हस्पिटलबाट शिविरमा गएका चिकित्सक डा.दिलिप शाहले जानकारी दिए।
शिविरमा स्कुलका बिद्यार्थी तथा स्थानीयवासीको उलेख्य सहभागिता रहेको थियो ।