काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९१४ नमुना परीक्षणको क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालभर ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन्।