ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पदयात्रा सम्पन्न गरेको छ। अस्पतालले आज क्यान्सरकाबारेमा जनचेतना जगाउन वाकाथन कार्यक्रम सम्पन्न गरेको हो ।
अस्पतालको आयोजनामा भएको पदयात्रा लगनखेलदेखि, मंगलबजार कृष्णमन्दिर, पुल्चोक हुँदै जाउलाखेलमा टुंगिएको थियो। बाजागाजा सहित शुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ सहित चिकित्सक, क्यान्सरबाट निको भएका सर्भाइभर, अस्पताल संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अस्पतालले १७ गते ब्लड डोनेशन कार्यक्रम राखेको छ भने २० गते नि:शुल्क ओपिडीको व्यवस्था छ।
वार्षिकोत्सवको अवसरमा १ महिनासम्म विभिन्न कार्यक्रम गरिने अस्पतालले जनाएको छ।