काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।
आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो ।
आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। २०७९/८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन्।
यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ।