काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजना गरिएको पनि अर्थमन्त्री शर्माले जानकारी गराए । साथै, स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
यसका साथै ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत् निःशूल्क स्क्रिनिङ सेवा दिइने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।