काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३३५६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने ११० जना सक्रिय संक्रमित रहेका छन्।