काठमाडौं- सरकारले शिक्षकहरुका लागि अलग्गै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८०का लागि सरकारले पेश गरेको बजेटमा शिक्षक अस्पताल निर्माण अघि वढाइने उल्लेख छ। यस्तै,उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति न्यून गर्न सूचना अध्ययन प्रदान गर्न प्रतिष्ठान स्थापना गरिने छ । नेपालका उच्च शैक्षिक संस्थामा विदेशी विद्यार्थीका लागि कोटा दिइने छ, प्राविधिक शिक्षालाई प्रदेशमा लगिने र यसका लागि आठ अर्ब ३० करोड निनियोजन, डडेलधुरामा मेलिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइने छ ।
अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बनाएका हुन्।