काठमाडौं । विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले सचेतनामुलक र्यालीको आयोजना गर्ने भएको छ ।
भोली बिहान ७ :३० बजे च्यामासिंह देखी पाँच तले मन्दिरसम्म र्याली सञ्चालन हुन लागेको हो। विश्वमा सुतीजन्य पदार्थको प्रयोगबाट मृत्यु हुने मानिसहरुको संख्या बढ्दै गएकोले यस प्रकारको र्यालीको आयोजना गरिएको हो ।
उक्त सेन्टरले यस्तो र्यालीको आयोजना गरेको यो पहिलोपटक हो ।परम्परागत रुपमा प्रयोग हुँदै आएको बाजागाजा तथा नाचगानसहित र्यालीको आयोजना गर्न लागिएको उक्त सेन्टरले बताएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष ८० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।