काठमाडौं । श्रीमानको क्रूर यातनाबाट सख्त घाइते भएकी खैरहनी नगरपालिका १० कठारकी गीता माझीको मृत्यु भएको छ। माझीको भरतपुर अस्पतालमा उपचारको क्रमममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनका श्रीमान राचन्द्र माझिले जेठ १२ गते मादक पदार्थ सेवन गरी श्रीमतीको मलद्वारबाट लौरो घुसाएर सख्त घाइते गराएका थिए।
गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो। राती एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको छ।