काठमाडौं । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले जनचेतनामुलक र्यालीको आयोजना गरेको छ ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टर र Cancer support and awareness Nepal (CSAN) को संयुक्त आयोजनामा धुम्रपानले क्यान्सरका साथै वातावरण समेत प्रदुषित पारेको छ भनी जनचेतना जगाउन र्यालीको आयोजना गरिएको हो । धुम्रपानका कारण हुने क्यान्सर जोखिमलाई न्युनीकरण गर्नका लागि उक्त र्यालीको आयोजना गरिएको हो । 
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति ,पत्रकार प्रकाश सुवेदी, Mrs.Nepal world को विजेता Mrs. Dikshya KC लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा. सिमित सापकोटा र डा सुवास पंण्डितले सूतीजन्य पदार्थको सेवनबाट २५ वर्ष भन्दा कम उमेरकालाई बचाउन अत्यावश्यक रहेको बताए । 
नेपालका कुल जनसंख्यामध्ये करिब २० प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने तथ्यांक रहेको छ । धुम्रपानको सेवनमा १५ देखी २० वर्ष उमेरसमूहका मानिसहरुको संख्या बढ्दै गएको छ । विश्वभरका जनस्वास्थ्य च्याम्पियनहरूले यस वर्ष विश्व धुम्रपानरहित दिवस मनाउँदै छन् । त्यस्ता कार्यक्रमहरु सूर्तीजन्य पदार्थको सेवनबाट पर्ने वातावरणीय असरमा केन्द्रित रहने बताइएको छ । 
विश्वमा हरेक वर्ष करिब ३.५ मिलियन हेक्टर जमिनमा सुर्तीजन्य पदार्थ नष्ट हुने गरेको छ । बढ्दो सुर्तीजन्य पदार्थले पनि वर्षमा २००,००० हेक्टर वन फँडानी र माटोको क्षयमा योगदान पुर्याउँछ।नेपालमा २० प्रतिशत जनसङ्ख्या सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् ।सुर्तीजन्य पदार्थका कारण युवावस्थामा हृदयघात बढ्दै गएको छ ।