एजेन्सी । भ्रष्टाचारको आरोपमा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ सत्येन्द्र जैन पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ।