एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा मंकीफक्स संक्रमणबाट पहिलोपटक ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नाइजेरियाको रोग संरक्षण तथा नियन्त्रण विभागका अनुसार उपचारका क्रममा ती व्यक्तिको मृत्यु भएको हो ।
हालसम्म २० भन्दा बढी मुलुकहरुमा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ।