काठमाडौं ।चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।
उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब थियो तर आयोगले अरू कुराको मूल्य वृद्धिको यथार्थ स्थितिभन्दा निकै कम प्रतिशत मात्र शुल्क वृद्धि गरेको छ।”
कुन विषयमा कति शुल्क बढ्यो?
एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ। उपत्याकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको छ।
बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।बीएससी नर्सिङको १० लाख ३६ हजार रुपैयाँ, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटीरबीएससी एमएलटीर बीएससी एमआईटीरबीएससी मेडिकल माईक्रोबायोलोजीरबायोकेमेस्ट्रीको ७ लाख ७७ हजार, बी फार्मारबीपीएचरबीओपीटीएमरबीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको छ।