काठमाडौं । ओम समाज डेन्टल हस्पिटल र IME MOTORS बीच दन्त रोगको उपचारमा छुट सम्वन्धी सम्झौता भएको छ ।
सम्झौतामा IME MOTORS का मानव संसाधन प्रमुख सुदर्शन पाठक र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौता बमोजिम IME MOTORS का कर्मचारी तथा कर्मचारी परिबारलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ।
साथै दुइ दिन देखि लगातार IME MOTORS औधौगिक क्षेत्र बालाजुमा ओम समाज डेन्टल हस्पिटलले नि:शुल्क शिबिर समेत संचालन गरिरहेको छ । ओम समाज डेन्टल हस्पिटलले सबैको पहुँचमा दन्त उपचार सहज सुलब बनाउनको लागि विभिन्न संघ संस्था,बित्त्तीय संस्था संग हातेमाले गर्दै आइरहेको छ।