काठमाडौं । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरले भोली (शुक्रबार) अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रगत अभावको समस्या केही हदसम्म भएपनि हटाउनका लागि नेपाल रेडक्रस सोसाईटी, काठमाडौँ क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवरेनेस नेपाल (CSAN) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको अस्पतालका जनसम्पर्क विभागका प्रमुख सुजन भट्टराईले बताए ।
काठमाडौँ क्यान्सर सेन्टरको रेडियोथेरापी वेटिङ एरियामा रक्तदान कार्यक्रम हुने उनले बताए । जसमा अस्पतालका चिकित्सक, कर्मचारी लगायत इच्छुक सबैले रक्तदान गर्ने कार्यक्रम रहेको छ ।