काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेपुटी अस्पताल निर्देशक, सहायक अस्पताल निर्देशक तथा प्रवक्ता नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बुधबार उल्लेखित पदहरुसँगै अन्य विभिन्न पदहरुमा नियुक्ती गरेका छन्।
प्रतिष्ठानको अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन डेपुटी अस्पताल निर्देशकमा डा.जगतनारायण प्रसादलाई नियुक्त गरिएको छ। दुईजना सहायक अस्पताल निर्देशकमा डा।लोकेश शेखर जयसवाल तथा डा.इन्द्र लिम्बुलाई नियुक्त गरिएको छ । प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा पोखरेललाई जिम्मेवारी दिइएको छ।