काठमाडौं । लकडाउनका नेपाल फर्किएका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि पुन चीन जान पाउने सरकारले बताएको छ । सरकारले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ। एमबीबीएस तथा अन्य विद्यार्थीको सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो।
ुचीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरू कोभिड -१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूमध्ये पहिलो चरणमा दुई सय एकासी जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको हुँदा विद्यार्थीहरूले चीन फिर्तीका लागि पुनस् भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, मन्त्रालयले निकालेको सूचनामा भनिएको छ।
कोभिडका कारण चीन फर्किन नपाएका मेडिकल विद्यार्थीले नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगमा आन्दोलन नै गरेका थिए।