काठमाडौं । चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको उपचार लगायतका सेवा दिने विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने सरकारको तयारी थियो। उक्त योजनाका लागि आएको बजेट अर्थ मन्त्रालयले फिर्ता लगेपछि कार्यक्रम अन्यौलमा परेको हो।
सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा प्रदान गर्न सरकारले चालु आर्थिक वर्षका लागि ६६ करोडको बजेट बिनियोजन गरेको थियो।तर स्थानीय तहको चुनाव खर्चका लागि भन्दै अर्थ मन्त्रालयले उक्त बजेट फिर्ता लगेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।
नले भने, ‘हामीले सात वटा अस्पतालहरुलाई विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न काम पनि सुरु गरिसकेका थियौँ। तर चुनावमा आवश्यक परेको भन्दै बजेट फिर्ता गरेको अर्थ मन्त्रालयले भन्छ।’
कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, सुर्खेत अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने शाखाको तयारी थियो।
काठमाडौं । सात वटा अस्पतालहरुलाई नसर्ने रोगको उपचार तथा रोकथामका लागि विशिष्टकृत सेवा दिने अस्पतालको रुपमा विकास गर्ने सरकारको योजना अन्यौलमा परेको छ।