काठमाडौं । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ सम्मको बेरुजु शून्य बनाउन मातहतका कार्यालयहरुलई निर्देशन दिएको छ। मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र सबै अस्पताललाई निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार आव २०७४/७५ सम्मको साविक जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालरविकास समितिका नाममा १ अर्ब ५८ करोड ३ लाख १३ हजार बेरुजु रहेको छ। मन्त्रालयको केन्द्रीय लगतमा रहेको उक्त बेरुजु फर्छ्यौट गरी शून्य बनाउन बेरुजु अनुगमन समितिले समय–समयमा निर्देशन दिने गरेको छ।
ती बेरुजुसँग सम्बन्धित लेखा श्रेस्ता, कागजात तथा प्रमाणहरु हाल प्रदेशमा हस्तान्तरित भएका सम्बन्धित निकायमा रहेका कारण मन्त्रालयबाट मात्रै बेरुजु फर्छ्यौट गर्न नसक्ने अवस्था रहेकाले ती कार्यालयहरुको सक्रिय सहयोग र समन्वय आवश्यक भएको मन्त्रालयले जनाएको छ।