एजेन्सी । भारतमा बितेको २४ घन्टामा ४ हजार २ सय ५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो संख्या भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी हो । भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै २ हजार ६ सय १२ संक्रमित निको भएका छन् । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए।अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ । भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९.८७ भेटिएको छ।