काठमाडौं । स्वास्थ्य बीमाको जिम्मा निजी कम्पनीलाई दिने निर्णयको नेपाल जनस्वास्थ्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै उक्त निर्णय तत्कालै सच्याउन सरकारलाई आग्रह गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा सरकारले बीमा कम्पनी नाफामुलक तरिकाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । नेपाल जनस्वास्थ्य संघले सरकारको उक्त निर्णयको विरोध गर्दै निकालेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रावधान अनुसार सामाजिक सुरक्षाको एउटा अभिन्न अंगको रुपमा रहेको स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गरिएमा नेपाली जनताको स्वास्थ्य सम्बन्धी संवैधानिक हक तथा नेपाल सरकारले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताको प्रतिकूल हुने देखिन्छ।’
कम्पनी मार्फत स्वास्थ्य बीमा सञ्चालन भए स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्ने सरकारी उद्देश्य हासिल गर्न नसकिने संघको भनाई छ। सामाजिक स्वास्थ्य बीमामा लगानी सुनिश्चितता गर्न सरकारको स्वामित्वमा नै बीमा सञ्चालन गर्नुपर्ने भन्दै उक्त निर्णय सच्याउन संघको माग छ। स्वास्थ्य बीमा सञ्चालन गर्ने निर्णय गरेको थियो।