काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री खतिवडासहित ६ जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्यो। त्यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्यौं’ उनले भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु ९खासगरी अध्यक्ष० ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ।’