काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ ।खापुङ हाल स्वास्थ्य राज्यमन्त्री छन्। उनलाई मन्त्रीको जिम्मेवारी दिने निर्णय समाजवादीले गरेको हो।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री खतिवडासहित ६ जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस भएको छ ।