काठमाडौं । उपचार खर्च जुटाउन नसकेर ७ वर्षदेखि खोरमा थुनिएका उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्ते माडिबासका ३७ वर्षीय शिबराज बिश्वकर्माको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्धार गरि सोमबार उपचारका लागि पठाएका छन् । मानसिक समस्यामा रहेका उनी ७ वर्षदेखि खोरमा थुनिएका थिए ।
बस्न असहज हुने खोर जस्तो स्थानमा अमानवीय रुपमा उनलाई परिवारका सदस्यले बाँधेर राखेका थिए । उनलाई नगर प्रमुख कालुमान लामाले घरमै पुगेर सम्पूर्ण उपचार खर्च नगरपालिकाले ब्यहोर्ने गरि नगरपालिकाको एम्बुलेन्समा उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएका छन् ।