काठमाडौं । विश्वभर मङ्कीपक्स भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । प्राय मङ्कीपक्स नपाइने देशहरुमो ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।
यो कूल संख्या एक साता अघिको तुलनामा तीन गुणा बढी हो । बीबीसीले जनाएअनुसार एक साताअघि यो संख्या २ सय ५७ रहेको थियो ।विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसको जोखिमको स्तर ‘मध्यम’ रहेको जनाएको छ । मङ्कीपक्स प्रायः मध्य एवम् पश्चिम अफ्रिकामा पाइन्छ । यद्यपि पछिल्लो समय यो भाइरस उत्तर अमेरिका र युरोपमा देखा परेको जनाइएको छ।
यसबाहेक मोरक्को, अर्जेन्टिना, मोरक्को, मेक्सिको र संयुक्त अरब इमिरेट्सजस्ता मुलुकमा पनि यसका संक्रमित फेला परेका छन् ।
बीबीसीका अनुसार बेलायतमा सबैभन्दा धेरै २०७ जनामा यो भाइरस पाइएको छ । यस्तै, स्पेनमा १५६ र पोर्चुगलमा १३८ जना मङ्कीपक्सका संक्रमित फेला परेका छन् ।‘अरू देशहरूले पनि संक्रमित फेला पार्न सक्ने र भाइरस थप फैलन सक्ने सम्भावना उच्च देखिएको छ’ डब्लुएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।