काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घाइते भएकी छन् । पोखरेल घरको चार तलाबाट खसेर घाइते भएकी हुन् ।
५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन् । उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ।उनको शरीरको धेरे ठाउँमा चोट देखिएको छ । उनको टाउकोमा धेरै चोट नदेखिए पनि दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको छ।
यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्।संज्ञा पौडेलकी माइली छोरी हुन् ।