काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३३७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै, थप ९ जना निको भएका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।