काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नुवाकोटस्थित सिसडोलको अध्ययन गरेको छ। नास्टले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोलको अध्ययन गरेको हो।
अध्ययनमा सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नास्टका डा.रविन्द्र ढकाल, डा.टिस्टा प्रसाई जोशी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो ।
टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको हो।