काठमाडौं । कर्णाली सरकारले प्रदेश अस्पताललाई नीति लिएको छ ।आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रदेश विश्वविद्यालयको अवधारणाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गरिने बताएका हुन्।
उनले सुर्खेतको पश्चिम क्षेत्रमा उपचारात्मक स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको रुपमा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारविकास गरिने बताए।
यस्तै, प्रदेश अस्पताललाई विशिष्टिकृत र रेफरल केन्द्रको रुपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधार सुधार गर्ने, विशेषज्ञ जनशक्तिको व्यवस्था, सूचना प्रविधिको प्रयोगमार्फत् स्वास्थ्य उपचारको व्यवस्था र नागरिक प्रदेशबाहिर जानुपर्ने अवस्थालाई क्रमशः न्यूनीकरण गर्दे प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य शिविर, टेलिमेडिसिन सेवा सन्चालन गर्ने, स्वास्थ्य स्वयंसेविकालाई तालिम र प्रोत्साहनलाई निरन्तरता दिने, मातृशिशु सुधारका कार्यक्रम र बहुक्षेत्रीय पोषणलाई निरन्तरता दिने, बर्थिङ सेन्टरको सेवा प्रवाहलाई व्यवस्थित गर्न स्थानीय तहसँगको सहकार्यलाई व्यवस्थित गर्ने, हवाई उद्दारलाई निरन्तरता दिने पनि उल्लेख छ।