काठमाडौं । सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत्त महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य रुपमा दिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
कतीपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने व्यवस्था रहेकोले सो अनुसार बिदा उपलब्ध गराउन निर्देशन दिएको छ।