काठमाडौं । बिहीबारको प्रतिनिधी सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद् भीम रावलले काठमाडौंको फोहोर समयमै व्यवस्थापन नहुँदा फोहोर संकटकालको स्थिति उत्पन्न भएको दाबी गरेका छन्। उनले फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताए ।
फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले नगरपालिकाको टाउकोमा हालेर आनन्दले बस्न मिल्छ? भन्दै उनले प्रश्न गरे। आम जनताको स्वास्थ्य गम्भीर संकटमा परिरहेको छ। अनि यो व्यवस्थापन गर्न नसक्ने सरकारले म कृषिमा आत्मनिर्भर हुन्छु भनेको पत्याइन्छरु यस्ता गफहरुले हुन्छ?, उनको प्रश्न छ।