एजेन्सी । भारतमा हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु पर्ने छ।
भारतमा हवाई नियामक निकायले नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूलाई अनिवार्य मास्क लगाउन भनेको हो। कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो।
नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ।नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्कको महत्वलाई मान्यता दिएको हो।