नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पाँच दिन गर्मी बिदा दिन विद्यालयहरुलाई निर्देशन जारी गरेको छ।उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले जारी गरेको सूचनाअनुसार जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिन भनिएको छ।
उपसचिव थापाका अनुसार केही दिनयता अत्यन्तै गर्मी बढेकाले विद्यालयको पठनपाठनमा प्रभाव परेकाले पाँच दिन विद्यालय बन्द गर्न भनिएको हो।पानी पर्न नसक्दा नेपालगञ्जमा अत्याधिक गर्मी भएको छ। तापक्रम ४० डिग्री भन्दा बढी छ।