काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीअीआर तथा एन्टीजेन गरी कुल २ हजार ७ सय ५३ परीक्षण गरिएकोमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ९ जना निको भएका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या ११२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।