काठमाडौं । नेपालबाट तीन सय जना नर्सलाई निःशुल्क जापान लगिँदै छ ।
नर्सिङ पढिरहेका विद्यार्थी र काम गरिरहेकाहरूका लागि निःशुल्क जापान जाने र त्यहाँको नर्सिङ–होममा दुई बर्से करारमा काम गर्न पाउने यो विशेष अवसर भएको जापानीहरूका तर्फबाट सहजीकरण गरिरहेकी भावना राउतले बताइन् ।
सहजकर्ता राउतका अनुसार स्टाफ नर्स, अनमी, बिएससी नर्सिङ र बिएनको पढाइ गरिरहेका वा पूरा गरेकाहरूले यो अवसर पाउनेछन् । त्यसअघि छनोट भएकाहरूलाई नेपालमै ६ महिना जापानी भाषा कक्षासहित नर्सिङ प्रशिक्षण दिइनेछ ।
प्रशिक्षण अवधिमा जापानबाटै अनलाइन कक्षा हुने, भाषा कक्षाका लागि आवश्यक ल्यापटप जापानीहरूले नै दिने, मासिक २० हजार रुपैयाँ स्टापिन उपलब्ध हुने र प्लेन टिकट पनि निःशुल्क हुने सहजकर्ता राउतको भनाइ छ ।