काठमाडौं ।काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.रंगीनाद्वारा दुरविनको माध्यमबाट १८ बर्षिय युवतीको पाठेघरको ट्यूमरको सफलताका साथ सल्यक्रिया सम्पन्न गरिएको छ ।
डा.रंगीनाले दुरविनको माध्यमबाट १८ वर्षिया युवतीको १०० वटा भन्दा बढी पाठेघरको जटिल प्रकारको ट्युमरको सफल शल्यक्रिया सम्पन्न गरेकी हुन्।

तनहुँ स्थाई घर भएकी १८ बर्षिय युवतीको पाठेघरको ट्यूमरको जटिल समस्याको सल्यक्रिया डा. रंगिना को Professional career मा पहिलो पटक हो ।
१८ वर्षको उमेरमा यस्तो समस्या हुनु दुर्लभ समस्या (Rare Case) हो । यस्तो जटिल प्रकारको ट्युमरको सल्यक्रिया सफलताका साथ सम्पन्न भएकोमा बिरामी र अभिभावकहरु अत्यन्तै हर्षित भएका ब्लूक्रस अस्पताल जनाएको छ ।