काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीअीआर तथा एन्टीजेन गरी कुल २१७३ परीक्षण गरिएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ११ जना निको भएका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।