काठमाडौं । नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । परीक्षा सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार भएको परीक्षामा सहभागी भएकामध्ये २ सय ४ जना मात्र पास भएका हुन् । परीक्षामा ७ सय ८७ जना सहभागी भएका थिए ।